back
NMB ad

कुन वाणिज्य बैंकको कति छ लगानीकर्तालाई लाभांश दिने क्षमता ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७७-०७८ मा बैंकहरुको नाफासँगै वितरणयोग्य नाफामा पनि सुधार देखिएको छ ।

सञ्चालनामा रहेका २७ वटै वाणिज्य बैंकले गत आवको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

उक्त विवरण अनुसार बैंकको लाभांश दिन सक्ने क्षमता पनि निकै बढेको छ । बैंकहरुको वित्तीय अवस्था हेर्दा २० प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने क्षमता भएका ४ वटा बैंक, १० प्रतिशत भन्दा बढी १५ वटा र बाँकी बैंकको लाभांश दिन सक्ने क्षमता १० प्रतिशत भन्दा कम रहेको छ ।

बैंकको वित्तीय अवस्था हेर्दा लाभांश धेरै दिने क्षमता नबिल बैंकको रहेको छ । नबिल बैंकको लाभांश दिन सक्ने क्षमता २९.९४ प्रतिशत देखिएको छ । तर नबिल भन्दा पनि बढी लाभांश दिन सक्ने क्षमता राष्ट्रिय वाणिज्यको रहेको छ । तर वाणिज्य बैंक नेप्सेमा सूचिकृत छैन । त्यसले यसले लगानीकर्ता तथा पुँजी बजारमा कुनै पनि प्रभाव राख्दैन ।

गत आवको चौथो त्रैमास सम्ममा नबिल बैंकको वितरणयोग्य नाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ रहेको छ । यसलाई हेर्दा बैंकले २९.९४ प्रतिशत लाभाश दिन सक्ने देखिएको छ ।

नबिल बैंक पछि नेपाल बैंकले लगानीकर्तालाई धेरै लाभांश दिन सक्ने देखिएको छ । बैंकको लाभांश वितरण क्षमता २७.६७ प्रतिशत देखिएको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

यस्तै एभरेष्ट बैंकको लाभांश दिन सक्ने क्षमता २६.४७ प्रतिशत देखिएको छ । बैंकको नाफा घटेपनि लाभांश दिने सक्ने क्षमता पनि राम्रो देखिएको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

नाफामा सामान्य सुधार भएपनि हिमालन बैंकले लगानीकर्तालाई २०.३१ प्रतिशत लाभांश दिनसक्ने क्षमता राखेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

यस्तै सानिमा बैंकको पनि लाभांश वितरण गर्ने क्षमता असार मसान्तसम्म हेर्दा १७.४५ प्रतिशत लाभांश दिनसक्ने क्षमता राखेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६८ करोड ९७ लाख रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

पछिल्लो समयमा बैंकिङ क्षेत्रमा निकै चर्चामा रहेको एनआइसी एशियाको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता १६.६२ प्रतिशत रहेको देखिएको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ रहेको छ भने चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकहरुले गत आवको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन् । वित्तीय अवस्था हेर्दा प्राइम बैंकले लगानीकर्तालाई १६.५६ प्रतिशत लाभांश दिने क्षमता देखाएको छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने चुक्ता पुँजी १६ अर्ब ८ करोड ३० लाख रुपैयाँ रहको छ ।

यस्तै नेपाल बंगलादेश बैंकले लगानीकर्तालाई १६.३८ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ लाख रुपैयाँ रहेको छ ।

एनएमबी बैंकले गत आवको नाफाबाट १४.३० प्रतिशत नगद लाभांश दिने क्षमता बनाएको छ । बैंकले यो अवधिमा २ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १७ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकले यसबाट लगानीकर्तालाई १३.६७ प्रतिशत लाभांश दिने क्षमता राखेको छ । बैंकको हाल ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको सिटिजन्स बैंकको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता १३.५४ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड २० लाख रुपैयाँ रहेको छ ।

यस्तै१ अर्ब ४८ करोड २४ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको प्रभु बैंकको लगानीकर्तालाइ लाभांश दिनसक्ने क्षमता १३.०६ प्रतिशत रहेको छ । असारसम्म बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंकले गत आवमा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकका लगानीकर्तालाई लाभांश दिनसक्ने क्षमता १२.७७ प्रतिशत रहेको छ । बैंकको हाल २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

असार मसान्तसम्म १ अर्ब १३ करोड २७ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको माछापुच्छ्रे बैंकको लगानीकर्तालाई लाभांश दिनसक्ने क्षमता १२.५१ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ रहेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको लगानीकर्तालाई लाभांश दिने क्षमता १२.२६ प्रतिशत देखिएको छ । बैंकले असार मसान्तसम्म १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी हाल १६ अर्ब २५ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

बैंक अफ काठमाण्डू्को लागानीकर्तालाई लाभांश दिन सक्ने क्षमता ११.६७ प्रतिशत देखिएको छ । बैंकले असार मसान्तसम्म १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

बैंकको वित्तीय अवस्था हेर्दा सिद्धार्थ बैंकले असार मसात्तसम्म १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता ११.११ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख रुपैयाँ रहेको छ ।

कृषि विकास बैंकको पनि लगानीकर्तालाई लाभां दिने सक्ने क्षमता १०.५६ प्रतिशत देखिएको छ । बैंकले असार मसान्तसम्म १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । हाल बैंकको चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यस्तै मेगा बैंकको पनि लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता १०.३४ प्रतिशत रहेको छ । यो अवधिमा बैंकले १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको देखिएको छ ।

९.३८ प्रतिशत लाभांश दिने क्षमता रहेको लक्ष्मी बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ३६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यस्तै ७.८८ प्रतिशत लाभांश दिन सक्ने क्षमता भएको कुमारी बैंकले असार मसान्तसम्म १ अर्ब ९ करोड ४२ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

यस्तै ७१ करोड ४७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको एनसीसी बैंकको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता ६.९३ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंकले गत आवमा ५९ करोड ४६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता ६.५८ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

६० करोड १५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको सनराइज बैंकको लाभांश दिनसक्ने क्षमता ६.३४ प्रतिशत रहेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ रहेको छ । वित्तीय विवरणहेर्दा सिभिल बैंकको लाभांश दिन सक्ने क्षमता ५.७७ प्रतिशत देखिएको छ । बैंकले असार मसान्तसम्ममा ४९ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी हाल ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

यस्तै नेपाल एसबीआई बैंकको लाभांश दिन सक्ने क्षमता ३.५७ प्रतिशत देखिएको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १५:४४ मा प्रकाशित

You can share this post!

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...