back
NMB ad

करिब २ करोड नोक्सानीमा हिमाल दोलखा हाइड्रोपावर, विद्युत बिक्री आम्दानी पनि ३२.८१ %ले घट्यो

Kumari bank ad

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरिेको छ ।

गत आवमा कम्पनी १ करोड ८८ लाख १२ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ । कम्पनीले अघिल्लो आवमा १ करोड ४३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको संचालन नाफा पनि घटेको छ । गत आवमा कम्पनीले १० करोड ८३ लाख ७२ हजार रुपैयाँ संचालन नाफा गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३९. ६३ प्रतिशतले कम हो । अघिल्लो आवमाम कम्पनीको संचालन नाफा १७ करोड ९५ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी ३२.८१ प्रतिशतले घटेर १४ करोड ८३ लाख ४५ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आवमा कम्पनीले २२ करोड ८ लाख ८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष पनि २६ करोड ६६ लाख ४६ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । कम्पनीको जगेडा कोष अघिल्लो आवमा पनि २५ करोड २७ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १.८० ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ भने ८३ रुपैयाँ ३३ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १०:४३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...