काठमाडौं । चन्द्रागिरी हिल्सको सेयर मूल्य वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ५.२३ प्रतिशतले वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९ रुपैयाँले वृद्धि भई १ हजार ५९० रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको ६ करोड ५५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ४१ हजार ५११ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १६:१५ मा प्रकाशित