back
Kumari Bank

काठमाडौं उपत्यकासहित यी ११ स्थानमा भवन भाडामा खोज्दै नबिल बैंक

Nepal Bank

काठमाडौं । शाखा कार्यालय संचालनका लागि नबिल बैंकले भवन भाडामा खोजेको छ । देशका विभिन्न ११ स्थानमा शाखा कार्यालय संचालनका लागि भवन भाडामा खोजेको हो ।

एक सूचना निकाल्दै प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय संचालनका लागि दुई तल्ला वा पहिलो तल्लाको ८ सयदेखि १ हजार २ सय वर्ग फुट क्षेत्रफल भएको भवन भाडामा आवश्यक रहेको जनाएको छ ।

बैंकले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ नैकाप, तार्केश्वर नगरपालिका– ८ जरङखु, टोखा नगरपालिका– ७ टोखा ग्राण्डि, गोगंबु जलपा, कागेश्वरी मनोहरा नगरपालिका–५ थली डाँछी, शंखारापुर नगरपालिका–७ साँखु, ललितपुरको गोदावरी नगरपालिका–१४ ठैब, महालक्ष्मी नगरपालिका–४ इमाडोल, मंगलबजार, काठमाडौंको शंखमुल, भगवान पाउमा शाखा कार्याल भवन भाडामा खोजेको हो ।

प्रस्तावित भवनहरुमा पानी, बिजुली तथा पार्किङ्गको सुविधासहित घटीमा ६ मिटर चौडाईको मोटर बाटो हुनुपर्ने, भवन सकड विस्तार योजनामा नपरेको हुनुपर्ने र भुकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

भवनको भई तल्लामा एटीएम तथा जेनेरेटर राख्नका लागि स्थान उपलब्ध, कम्तीमा १५ वर्षको लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । बैंकले घरभाडा भुक्तानी गर्दा प्रचलित कानून अनुसार सम्पूर्ण कर कट्टी गरिने बताइएको छ ।

 

वि.सं.२०७८ भदौ २२ मंगलवार १३:३८ मा प्रकाशित

You can share this post!

सन नेपाल लाइफले बोनसदर घोषणा, बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनस

सन नेपाल लाइफले बोनसदर घोषणा, बीमितलाई अधिकतम ८० रुपैयाँसम्म बोनस

वि.सं.२०८२ असार १७ मंगलवार ११:४१

काठमाडौँ : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष...

दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा   

दूधमा आत्मनिर्भर काभ्रे : ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा   

वि.सं.२०८२ असार १७ मंगलवार ११:२२

काभ्रेपलाञ्चोक : दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय...

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब   

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब   

वि.सं.२०८२ असार १७ मंगलवार ११:०७

वीरगञ्ज (पर्सा)  : चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक...

सर्वसाधारणको लागि ७ लाख ७३ हजार कित्ता आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

सर्वसाधारणको लागि ७ लाख ७३ हजार कित्ता आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८२ असार १७ मंगलवार ०६:४४

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि...

आजको मौसम : चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

आजको मौसम : चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार १७ मंगलवार ०६:३७

काठमाडौँ  : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

६७ वर्षे यात्रामा नेपाल वायुसेवा निगम: समृद्ध इतिहास, चुनौतीपूर्ण वर्तमान

६७ वर्षे यात्रामा नेपाल वायुसेवा निगम: समृद्ध इतिहास, चुनौतीपूर्ण वर्तमान

वि.सं.२०८२ असार १७ मंगलवार ०६:३३

काठमाडौँ :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले...