
काठमाडौं । आज पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ४१ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । कम्पनीको सेयर कारोबारमा आएको आज चौथो दिन हो ।
आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ २० पैसा पुगेको छ । मंगलबार कम्पनीको ७८ हजार ३२५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जथ(नेप्से)का अनुसार आज कम्पनीको १७९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १५:०१ मा प्रकाशित