back
NMB ad

माइतिघरमा सेयर लगानीकर्ताको रिले अनसन सुरु

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ताले आज (बुधबार) माइतिघर मण्डलामा एक घन्टा रिले अनसन बसेका छन् । पुँजी बजार सुधार सङ्घर्ष समितीले माइतीघरमा ४ देखी ५ बजेसम्म रिले अनसन गरेको हो ।

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले नेतृत्व गरेको रिले अनसन दैनिक १ घन्टाको दरले भदौ २९ गतेसम्म रहने छ । अग्रवालका अनुसार पहिलो चरणमा भदौ २९ गतेसम्म आजबाट रिले अनसन सुरु भएको हो ।

रिले अनसनको क्रममा लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै १२० दिनको औसत मूल्य कायम गर, ४ करोड र १२ करोडको सिमा तत्काल खारेज गर, सेयर बजार जुवाघर नभएर जिविका हो, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दे जस्ता नारा लेखिएको प्ले कार्ड लिएर रिले अनसनमा उत्रिएका छन् ।

लगानीकर्ता संघर्ष समितिले राष्ट्र बैंक समक्ष बुझाएका १८ बुँदे माग पुरा नगरेको खण्डमा २९ गतेपछि आमरण अनसन बस्ने तयारीमा संघर्ष समिति रहेको छ । त्यसको लागि भने स्थान तय भएको छैन । समितिले सोमबार नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई १८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा कर्जा लिन पाउने गरेको व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति आएको तीन महिना नभइ आफ्नो निर्देशन परिवर्तन नहुने दाबी गर्दै आएको छ । यसले गर्दा लगानीकर्ताको माग पुरा हुने वा नहुनेमा भने अन्योल नै रहेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १६:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...