back
NMB ad

एमसीसी उपाध्यक्ष फतिमा सुमार चार दिने भ्रमणका लागि नेपालमा

Kumari bank ad

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार चार दिने भ्रमणको लागि नेपाल आएकी छिन् ।

सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आएका छन् । दुवै जना बिहीबार बिहान काठमाडौं आएका हुन् । आज उपत्यकाको अधिकांश स्थानको सुरक्षा व्यवस्था निकै कडा पारिएको बताइएको छ ।

नेपालमा एमसीसीको तिब्र विरोध भइरहेको समयमा सुमार नेपाल आएकी छिन् । चार दिने नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्प कमल दाहाल लगायतका नेताहरुसँग भेटने र एमसीसीको विषयमा आवश्यक छलफल गर्ने बताइएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवासँग भने शुक्रबार भेटने कार्यसूची रहेको छ । नेपालमा एमसीसीको तिब्र विरोध भइरहेको समयमा उनको नेपाल भ्रमणलाई तिब्र चासोका साथ हेरिएको छ । उनको भ्रमणले नेपालमा एमसीसी पारित गर्न प्रमुख राजनीतिक दलका नेताहरुलाई तिब्र दबाब हुने आंकलन पनि गरिएको छ ।

एमसीसी मार्फत नेपालमा करिब ५५ अर्ब रुपैयाँको सहयोग आउने भनिएको छ । उक्त सहयोग रकम विद्युतीय प्रसारण लाइन निर्माण र सडक पूर्वाधार निर्माणमा खर्च हुने छ । नेपालमा एमसीसी कार्यान्वयनका लागि संसदबाट पास हुनुपर्छ । अहिले सांसदहरु नै यसको पक्ष र विपक्षमा देखिएका छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार ११:०२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...