काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन ९० हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, शुक्रवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतिोला ५ रुपैयाँले बढेर चाँदीको भाउ १ हजार २१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ हजार २१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १०:५९ मा प्रकाशित