back
Mega Long Ad

असोज ६ गतेदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ:कति दिने आवेदन ? यस्तो छ पर्ने सम्भावना

काठमाडौं । आउँदो असोज ६ गतेदेखि साहस उर्जाको आईपीओ निष्काशन तथा बिक्री खुला हुने भएको छ ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले १ सय अंकित मूल्यका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

जसमध्ये २ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदने असोज १० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भने असोज २० गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २९ मंगलवार १६:३६ मा प्रकाशित

You can share this post!

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ८ शुक्रवार १८:०७

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको...

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

‘विश्व बजारमा नेपाली मौलिक चिनारीको माग, निर्यातमा प्रकृयागत जटिलता’

वि.सं.२०७८ असोज ८ शुक्रवार १७:२६

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रर्वद्धन निर्यात अभिवृद्धिको...

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...