काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका दुई संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो ।
संस्थापक सेयरधनी शोभा मिश्रको ८ हजार कित्ता र शशी कार्कीको नाममा रहेको संस्थापक सेयरमध्ये २० हजार ७८४ कित्ता सेयर आजदेखि बिक्रीमा आएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक हालक कायम संस्थापक सेयरधनीहरुले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
तोकिएको म्यादभित्र कायम संस्थापक सेयरधनीहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई बिक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघि बढाईने बैंकले जनाएको छ ।
वि.सं.२०७८ असोज १ शुक्रवार १२:०६ मा प्रकाशित