back
NMB ad

विकास बैंकमा ह्वात्तै बढ्यो कर्जाको माग, निक्षेप संकलन निकै सुस्त

Kumari bank ad

काठमाडौं । एक साताको अवधिमा विकास बैंकमा निक्षेप संकलनको तुलनामा कर्जाको माग निकै बढेको छ ।

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अनुसार एक साता (भदौ २६ देखी असोज १ गतेसम्म) राष्ट्रियस्तरका विकास बैंकमा निक्षेप संकलन २ अर्ब ४८ करोड रुपैयाँले बढ्दा कर्जाको माग ५ अर्ब ५१ करोड ८० लाख रुपैयाँले बढेको छ ।

अहिलसम्म विकास बैंकमा निक्षेप संकलन ४ खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने कर्जाको माग ४ खर्ब २ अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

तथ्याङक अनुसार एक साताको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकमा मात्रै २ अर्ब ४८ करोड १० लाख रुपैयाँ निक्षेप संकलन बढेको छ । कर्जाको माग भने निक्षेप संकलनको तुलनामा निकै बढी देखिएको छ । एक साताको अवधिमा ५ अर्ब ३९ करोड १४ लाख रुपैयाँ कर्जाको माग बढेको छ ।

भदौ १ गतेसम्म राष्ट्रिय स्तरका विकास बैंकमा ४ खर्ब १९ अर्ब ८४ करोड २५ लाख रुपैयाँ निक्षेप हुँदा कर्जाको माग ३ खर्ब ७४ अर्ब १९ करोड ६५ लाख रुपैयाँ पुगको छ । एक साताको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकमा निक्षेप संकलन प्रतिशतका आधारमा हेर्दा ०.५९ र कर्जाको माग १.४६ प्रतिशतले बढेको छ ।

एक सातामा क्षेत्रीय स्तरका विकास बैंकमा निक्षेप संकलन घटेपनि कर्जाको माग १२ करोड ६ लाख रुपैयाँले बढेर २८ अर्ब २० करोड ७४ लाख रुपैयाँ पुगेको छ । तथ्याङक अनुसार क्षेत्रीय स्तरका विकास बैंकमा निक्षेप घट्दै जाँदा कर्जाको माग निकै बढी देखिएको छ । एसोसिएसनका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याङक प्राप्त भएको छैन ।

वि.सं.२०७८ असोज ६ बुधवार १२:३१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...