back
NMB ad

करिब ३६ करोडको लसुन, प्याज र अदुवा आयात, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो महिनासम्म करिब ३६ करोड बराबरको लसुन, प्याज र अदुवा आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आवको भदौ महिनासम्म ३५ करोड ९० लाख ३ हजार रुपैयाँ बराबरको अदुवा, लसुन र प्याज आयात भएको हो ।

नेपालमा छिमेकी दुई मुलुक भारत र चीनबाट सबैभन्दा बढी लसुन, प्याज र अदुवा आयात हुने गरेको विभागले जनाएको छ ।

भदौ महिनासम्म ती मुलुकहरुबाट ६ हजार २७२ टन बढी लसुन, प्याज र अदुवा आयात भएको हो ।

विभागका अनुसार उक्त अवधिमा १३ करोड २८ लाख ९६ हजार रुपैयाँ बराबरको ताजा लसुन नेपाल भित्रिएको छ ।

नेपाल बजारमा चिनियाँ लसुनको बर्चस्व देखिएको छ । उक्त देशबाट १३ करोड २७ लाख ४२ हजार रुपैयाँ बराबरको लसुन नेपाल आएको हो । भारतबाट भने १ लाख ५३ हजार रुपैयाँ मात्रैको लसुन आयात भएको विभागले जनाएको छ ।

चालु आवको दोस्रो महिनासम्ममा १९ करोड ४१ लाख २२ हजार रुपैयाँ बराबरको प्याज आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । नेपाली बजारमा भारतीय प्याज बढी आयात हुने गरेको छ ।

उक्त अवधिमा भारतबाट १८ लाख ६६ लाख १८ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो । चीनबाट भने ७५ लाख ३ हजार रुपैयाँ बराबरको प्याज नेपाल भित्रिएको छ । विभागका अनुसार ती दुई मुलकुबाट ४ हजार ९४९ टन प्याज आयात भएको देखिएको छ ।

यस्तै, चालु आवको भदौ महिनासम्ममा ३ करोड १९ लाख ८५ हजार रुपैयाँ बराबरको अदुवा आयात भएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त अवधिमा भारत र चीनबाट १४३ टन ताजा अदुवा नेपाल भित्रिएको हो । नेपाली बजारमा भारतीय अदुवा बढी आयात हुने गरेको छ ।

उक्त अवधिमा भारतबाट मात्रै ३ करोड १९ लाख २४ हजार रुपैयाँ बराबरको अदुवा आयात भएको हो । चीनबाट भने ६१ हजार रुपैयाँ बराबरको ६९७ केजी अदुवा आयात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १५:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...