back
NMB ad

‘विश्लेषक, फेसबुके सल्लाहकारको जगजगिले सेयर बजार बन्यो अस्थिर’

नीतिगत भ्रष्टाचारमा नियामक निकाय तल्लिन भयो : लगानीकर्ता संघ

Kumari bank ad

काठमाडौं । सेयर लगानीकर्ता संघले सेयर बजारका विश्लेषक, फेसबुके सल्लाहकारहरुको जगजगिले अहिले सेयर बजार अस्थिर भएको जनाएको छ । संघले बुधबार विज्ञप्ति निकाल्दै यस्तो जनाएको हो ।

बजारमा अनावश्यक उतार चढाव भइरहेको र नीतिगत भ्रष्टाचारमा नियामक निकायहरु तल्लिन भएकोले उनीहरुले बजारलाई तलमाथी गर्ने (घटबढ) साँचो लिएर बसिरहेकाहरुलाई पुँजी बजारलाई आफ्नो गतिमा नदिएको आरोप लगाएको छ ।

संघले विगतका गल्तिहरु नियामक निकायहरुबाट दोहोरिइरहेमा नेपालको पुँजी बजारले नराम्रो क्षति व्यहोर्नुपर्ने समेत जनाएको छ । त्यसको सम्पूर्ण जिम्मेवारीसरकारको काँधमा आउने हुँदा अर्थमन्त्रालयलाई अत्यन्त जिम्मेवार हुन र आम लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गरेको छ । लगानीकर्तालाई उच्च आत्मबलका साथ आफ्नो अमूल्य सेयर खरिद बिक्रीको निर्णय लिन आग्रह गर्दै ४ करोड र १५, सिडी रेसियो प्रकरण फिर्ता लिन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

संघका अनुसार मौद्रिक नीतिमा गरिएको ४ र १२ करोडको प्रकरणका साथै सिडि रेसियोको व्यवस्थाले बजारमा नकारात्मक प्रभाव पारेको भन्दै तत्काल सच्याउन आग्रह गरेको छ । यो विषयमा अर्थमन्त्री जनार्दन शर्मालाई पनि जानकारी गराएको र मन्त्री शर्माले ४ र १२ करोडको सिमा २ वर्ष भित्र समायोजन गर्ने व्यवस्था मिलाउने र सिडी रेसियो सरोकारवाला पक्षसँग सल्लाह गरेर पुनरावलोन गर्ने प्रतिबद्धता जनाएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७८ असोज १३ बुधवार १२:२४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...