काठमाडौं । सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
सानेपा कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा संयुक्त रुपमा भयो ।
सोही अवसरमा बैंकको नयाँ कार्यालय स्थापनासंगै आगामी दिनमा त्यस क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिइएको थियो ।
यसैगरी हरिसिद्धि कार्यालयको बैंकका नायबप्रमुखकार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
बैंकका देशका सातै प्रदेशमा १०८ कार्यालयर ९७ वटा एटीएम संचालनमा रहेका छन् ।
वि.सं.२०७८ असोज १५ शुक्रवार १५:०९ मा प्रकाशित