back
NMB ad

नेपाल बैंकसहित तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, आज कुनको कति बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा ६.६८ अंकको गिरावट आएको छ । उक्त दिन बजार ०.२६ प्रतिशतले घटेको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसुचक २५७०.८१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि खुम्चिएको छ ।

उक्त दिन ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज तीन कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

आज सबैभन्दा बढी युनाईटेड मोदी हाइड्रोपावरको १२ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीको आज २ लाख ७८ हजार ७०८ कित्ता सेयर बिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल बैंकको ११ करोड ३५ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन कम्पनीको २ लाख ३४ हजार ९२५ कित्ता सेयर बिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८४ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज हिमालयन डिस्टीलरीको १० करोड २९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कम्पनीको १६ हजार २९७ कित्ता सेयर खरिदबिक्री भएको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ३०१ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १५:३९ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...