काठमाडौं । गण्डकी प्रदेश अन्तर्गतका दुई जिल्ला बाग्लुङ र बेनीमा “युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न भएको छ ।
म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत “युवा संग – महालक्ष्मी लाईफ“ कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीले युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको “युवा संग—महालक्ष्मी लाईफ“ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ ।
बुधवार विहान बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण गरिएको थियो ।
मंगलबार बागलुङको धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा पनि उक्त अभियान संचालन गरिएको बताइएको छ ।
वि.सं.२०७८ असोज २० बुधवार १४:४० मा प्रकाशित