back
Mega Long Ad

माटो बेचेर दसैं खर्चको जोहो

काठमाडौं । बागलुङ नगरपालिका–३ की पूजा विकको दिनचार्या एक सातायता मध्यपहाडी लोकमार्गमा बित्ने गरेको छ । विहान चियाखाजा खाएर उनी हातमा कुटो र बोरा लिएर साथीसँगै लोकमार्गको मुलपानी खण्डमा पुग्छिन । यसरी दिनहुँ लोकमार्गको बागलुङ–अक्षते खण्डमा पुग्नुको कारण हो, दसैं खर्च जोहो गर्नु । उनी यहाँबाट घर पोत्न प्रयोग हुने रातो माटो ल्याएर बेच्ने गर्छिन ।

लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुले रातो माटो खरिद गरेर लैजाने गर्छन । उनकै सिको गरेर यहाँ अहिले अरु ५–६ जना महिला सामुहिक रुपमा माटो बिक्री गरे दसैं खर्चको जोहो गर्न थालेका छन् । स्थानीय अविसा सुनारले दुई–तीन बर्षदेखि माटो बच्ने काम गरेको बताइन ।

कसैले माटो खन्ने, कसैले ढुंगा चाल्ने र कसैले उठाएर बोरामा राख्ने गरी कामको बाँडफाँड गरी सामुहिक काम गर्दै आएको सुनारले बताइन । एकजनाको भागमा दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

मुलपानी आसपास, सिगाना, तित्याङको साथै काठेखोला, गलकोट, ताराखोला, बडिगाड, ढोरपाटन, तमान, निसीसम्मका यात्रुले रातो माटो खरिद गरेर लैजाने गरेका छन् । गाडा रातोमाटो भएको हुँदा धेरै यात्रुको रोजाइमा पर्ने गरेको छ ।

गाउँका कच्ची घरमा समेत चुना र रङको प्रयोग गर्न थालेपछि माटोको व्यापार घटेको उनीहरूको भनाइ छ । ‘तर पनि माटो बिक्रीबाट दसैं खर्चको जोहो भइरहेको छ,’ सुनारले भनिन्, ‘दसैं सुरु हुनुभन्दा एक साता अघिदेखि माटो बेच्न थालेका हौँ ।’ छिमेकीकै जग्गामा रातो माटो भएको हुँदा जग्गाधनीलाई पनि शुल्क तिर्नु नपर्ने उनीहरूले बताए ।

मध्यपहाडी लोकमार्गको बाटो विस्तार गर्दा उक्त ठाउँमा रातो माटो भेटिएको थियो । व्यक्ति स्वयंले पनि यहाँबाट निःशुल्क माटो उठाएर लैजान सक्छन् । यात्राको क्रममा माटो खन्ने, उकार्ने र ढुङ्गा छु्ट्टाएर तयारी पार्न समय लाग्ने भए पछि तयारी अवस्थाको माटो किन्न उपभोक्ता तयार छन् । ‘दसैंमा एक जोडा लुगा फेर्न र मिठो मसिनो खाद्यन्न र मासु किन्ने पैसा हुन्छ,’ सुनारले भनिन, ‘छोटो समयमा राम्रो आम्दानी हुने हुँदा नियमित गर्ने कामबाट बिदा लिएर पनि माटो बेच्ने गरेका छौँ ।’

 

वि.सं.२०७८ असोज २२ शुक्रवार १४:०७ मा प्रकाशित

You can share this post!

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

१२ वर्षभन्दा माथिका किशोर किशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

१२ वर्षभन्दा माथिका किशोर किशोरीलाई दिन लागेको फाइजर खोप कति प्रभावकारी ?

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:१२

काठमाडौं । सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध...

बाढी पहिरो अनुगमनका नाममा मन्त्री र सचिव हेलिकोप्टरमा सवार, दुरुप्रयोग रोक्न समिति गठन

बाढी पहिरो अनुगमनका नाममा मन्त्री र सचिव हेलिकोप्टरमा सवार, दुरुप्रयोग रोक्न समिति गठन

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १५:३२

पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडा निर्धारण गर्न...

बागमती प्रदेशका कानुन अब ‘बागमती कानून एप’ मा

बागमती प्रदेशका कानुन अब ‘बागमती कानून एप’ मा

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १५:१३

मकवानपुर । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘बागमती...

कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु

कोभिडबाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १३:३८

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु...

अदालती मिलापत्रमा विश्वास घट्यो

अदालती मिलापत्रमा विश्वास घट्यो

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १३:०१

दाङ । अदालतमा मुद्दा परिसकेपछि अदालतले गर्ने मेलमिलाप नीतिमा विश्वास...