back
NMB ad

२ वाणिज्य र १ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । दुई वाणिज्य बैंक र एक विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

सानिमा, माछापुच्छ्रे र सांग्रिला डेभलपमेन्ट बैंकको सेयरधनी आजसम्म बन्ने लगानीकर्ताले मात्रै लाभांश पाउने छन् ।

सानिमा बैंकले कात्तिक ७ गते, माछापुच्छ्रे बैंकले पनि कात्तिक ७ गते र सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक ५ देखी १६ गतेसम्मको लागि बुक क्लोज गर्ने भएको छ ।

सानिमा बैंकको कात्तिक १४ गते, माछापुच्छ्रे बैंकको कात्तिक २६ गते र साग्रिलाले कात्तिक १६ गतेको लागि साधारणसभा बोलाएको छ । सानिमाले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै माछापुच्छ्रे बैंकले गत आवको मुनाफाबाट १३.३० प्रतिशत बोनस र ०.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै सांग्रिलाले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् । यो प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

वि.सं.२०७८ कात्तिक ४ बिहीवार ११:२३ मा प्रकाशित

You can share this post!

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...