काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस १४.२५ र नगद ०.७५ प्रतिशत रहेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
वि.सं.२०७८ कात्तिक ८ सोमवार १०:५० मा प्रकाशित