back
NMB ad

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्चमा वकिलले गरे प्रदर्शन

Kumari bank ad

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

‘न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्धको नेपाल बार एसोसिएसनको अभियान’, ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने ब्यानरसहित नेपाल बारको नेतृत्वमा सर्वोच्च अदालत बार एसोसिएसन, विभिन्न कानुन व्यवसायी संघसंस्थाले संयुक्त रूपमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल बारले १७ कात्तिकसम्म प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन अल्टिमेटम दिएका छन् । यदि सो समयभित्र राजीनामा आए नआए थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

तर, प्रधानन्यायाधीश जबराले कसैले सडकमा राजीनामा माग गर्दैमा आफूले नदिने अडान राखेका छन् । उनले महाअभियोग लगाउन चुनौतीसमेत दिएका छन् । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका छन् ।

वि.सं.२०७८ कात्तिक १४ आइतवार ११:२१ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...