back
NMB ad

सानिमा बैंकका सीईओको तलब भत्ता १ करोड ८४ लाख, कर्मचारी र अन्यको कति ?

Kumari bank ad

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले करिब दुई करोड रुपैयाँ तलब, भत्ता बुझ्नुभएको छ ।

सिइओ दाहालले आर्थिक वर्ष २०७७/७८ को पारिश्रमिक , भत्ता तथा सुविधा अन्तर्गत १ करोड ८४ लाख १५ हजार रुपैयाँ बुझ्नु भएको हो ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार गत आवमा बैंकका अन्य सिईओ बाहेक अन्य प्रमुख व्यवस्थापकहरुले ३ करोड ८६ लाख ९२ रुपैयाँको पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका छन् ।

बैंकले संचालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता १३ हजार र संचालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

सो बाहेक अध्यक्ष तथा संचालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेट आदि सेवाका निमित्त प्रति सदस्य मासिक १२ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको प्रतिवेदनमा उल्लेख छ । यस बाहेक अन्य कुनै सुविधा प्रदान नगरिएको बैंकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्षमा व्यवस्थापनमा २ अर्ब २५ करोड ८३ लाख ११ हजार ६ सय ९५ रुपैयाँ खर्च गरेको छ ।

जसमध्ये, कर्मचारी तलव भत्ता तथा अन्य सुविधा बापत बैंकले गत वर्ष १ अर्ब ४३ करोड ९१ लाख ९६ हजार ७ सय ९३ रुपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

संचालक समितिका सदस्यहरुलाई आव २०७७/७८ मा भत्ता बापत जम्मा ३६ लाख ४३ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

भत्ता तथा सुविधाहरूमा प्रचलित कानून अनुसार करकट्टी गरेर मात्र भुक्तानी गर्ने गरिएको बैंकले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक १५ सोमवार १७:४४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...