back
NMB ad

हवाई उडान कम हुँदा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो

Kumari bank ad

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तुको मूल्य अप्रत्याशित रूपमा आकाशियको छ । नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान निकै कम हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य वस्तु आयात नभएपछि मूल्य आकाशिएको हो ।

दसैँयता निजी एयरलाइन्सले यात्रु मात्रै ओसारि रहेका कारण सामग्री आयात नहुँदा सिमकोटमा तेल, चिनी, बेसार, मसला तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ ।

धारा तेल लिटरको दुई सय ४० र स्वस्तिक तेल लिटरको एक सय ९० रुपैयाँ पुगेको छ । यसअघि सिमकोटमा धारा तेलको एक सय ५० र स्वस्तिक तेलको मूल्य एक सय ४० रुपैयाँसम्म पर्ने गरेको थियो । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

हवाई माध्यामको भरमा सिमकोटमा ढुवानी हुँदै आएको दैनिक उपभोग्य वस्तु आयात नहुँदा यहाँका व्यापारीहरूले महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । जसकारण उपभोक्ताले चर्को मूल्य तिरेर भान्सामा प्रयोग हुने वस्तु खरिद गर्नुपरेको छ ।

लामो समयसम्म जिल्ला बाहिरबाट सामग्री आयात नहुँदा मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । राज्यको अनुगमन निकाय फितलो भएकाले बजारमा व्यापारीले मनपरी गरेको उपभोक्ताको गुनासो छ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १२:२४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...