back
NMB ad

महुली लघुवित्तको नाफा १२० प्रतिशतले बढ्यो, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा २ करोड बढी नाफा कमाएको छ ।

बुधवार कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । उक्त अवधिमा कम्पनीले २ करोड ३२ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको असोज मसान्तको तुलनामा १२०.४९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ६ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत वर्षको असोज मसान्तसम्मको तुलनमा भने खुद ब्याज आम्दानी ५६.०९ प्रतिशतले बढेको हो ।

गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ करोड २६ लाख ३९ हजार रुपैयाँ राखेको छ ।

गत वर्षको सोही अवधिमा तुलनमा कम्पनीको खराब कर्जामा झिनो वृद्धि देखिएको छ । गत वर्षको असोज मसान्तसम्म २.४१ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा २.४२ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ ९५ पैसार रहेको छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार १०:१७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...