back
NMB ad

जानकी फाइनान्सको नाफामा उल्लेखीय सुधार: १८९.१६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । जानकी फाइनान्स कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासमा साढे २ करोड बढी नाफा कमाएको छ ।

बुधवार कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त अवधिमा कम्पनीले २ करोड ७९ लाख ४५ रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १८९.१६ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ९६ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ६ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत वर्षको असोज मसान्तसम्मको तुलनमा भने खुद ब्याज आम्दानी २३.५४ प्रतिशतले बढेको हो ।

गत वर्षको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ करोड २८ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ६० करोड ४ लाख ११ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १९ करोड ४९ लाख ७१ हजार रुपैयाँ राखेको छ ।

गत वर्षको सोही अवधिमा तुलनमा कम्पनीको खराब कर्जा भने ह्वात्तै घटाएको छ । गत वर्षको असोज मसान्तसम्म ४.३७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा १.६१ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५२ पैसार रहेको छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार १०:३० मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...