back
NMB ad

वाणिज्य बैंकहरुको लाभांश : साढे ८ देखि ३८ प्रतिशतसम्म, कुन-कुन बैंकका लगानीकर्ता बने मालामाल ?

Kumari bank ad

काठमाडौं । संचालनमा रहेकामध्ये हाल १६ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् ।
बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका हुन् ।

हालसम्म बैंक भन्दा बढी लाभांश नबिल बैंकको रहेको छ । बैंकले लगानीकर्तालाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

जसमध्ये बैंकले ३३.६ प्रतिशत बोनस र कर प्रयोजनसहित ४.४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यस्तै बढी लाभांश दिने बैंकहरुमध्ये दोस्रो स्थानमा रहेको हिमालयन बैंकले लगानीकर्तालाई २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमध्ये २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकहरुले प्रस्ताव गरेको लाभांशमध्ये सबैभन्दा कम कुमारी बैंकको रहेको छ । बैंकले जम्मा ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । कुमारी बैंकले लगानीकर्तालाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

लाभांश बढी दिने बैंकको दोस्रो स्थानमा रहेको सानिमा बैंकले १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा बोनस १७ र नगद ०.८९ प्रतिशत रहेको छ ।

यस्तै नेपाल बैंकले १७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकले १६÷१६ प्रतिशत, नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकले १३.०६, ग्लोबल आईएमई बैंक १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
त्यसैगरि एनआईसी एशिया बैंकले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यता एनएमबि बैंकले १२.५ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरि कुल १६.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । एभरेष्ट बैंकले १०.३२ प्रतिशत र बैंक अफ काठमाण्डूले १४ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण हुनेछ ।

कुनको कति ?

वि.सं.२०७८ कात्तिक २२ सोमवार १२:४६ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...