back
NMB ad

४४.६६ %ले बढ्यो पाँचथर पावरको नाफा: विद्युत बिक्री आम्दानी १६ करोड २७ लाख, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म १० करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनमाम ४४. ६६ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले ७ करोड १२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि वृद्धि भएको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी १६ करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यो आम्दानी गत वर्षको सोही अवधिको तुलनमा भने ११.३९ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा भने कम्पनीको उक्त आम्दानी १४ करोड ६१ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी पनि ३८.९९ प्रतिशतले वृद्धि भएको छ । योसंगै चालु आवको असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ३ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २२ सोमवार १२:३० मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...