काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला साहस उर्जा, तेह्रथुम पावर र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म साहस उर्जाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५९.३० रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ६५२.५० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेह्रथुम पावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेरु ३३०.२० कायम भएको छ ।
यता, मानुषी लघुवित्तको सेयर मूल्य य९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९.७० रुपैयाँले बढेर ७६७.६० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ कात्तिक २२ सोमवार १२:५९ मा प्रकाशित