back
NMB ad

दर्ताविनै सञ्चालन हुन्छन् व्यापार व्यवसाय

Kumari bank ad

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाभित्र सञ्चालनमा रहेका आधाभन्दा बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार नेपालगञ्जमा सार्वजनिक गरेको व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशालामा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरमा सञ्चालनमा रहेका सात हजार एक सय ८७ पसलव्यवसायमध्ये आधा दर्ताविनै सञ्चालन भएको उल्लेख छ ।

नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवलशम्शेर राणाले उपमहानगरका उद्यमीलाई टेवा दिने र नयाँ उद्यमीलाई प्रवर्द्धन गर्न जीआइजेडसँग सहकार्य गरेर कार्यक्रमको तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘अहिले पाइलट प्रोजेक्टको रुपमा काम सुरु गरेका छौ‌ । चाँडै सम्झौता गरेर कार्यक्रम सञ्चालन हुनेछ ।’

उनले जनप्रतिनिधिलाई विकास भनेको भौतिक पूर्वाधार मात्र हो भन्ने धारणाबाटमाथि उठेर उद्यम व्यावसायले पनि विकासको स्वरुप लिन सक्छ भन्ने सन्देश दिन कार्यक्रम सञ्चालनमा ल्याउन लागेको बताए । नेपालगञ्जका उद्यमी नेपालगञ्ज मै रोजगारी् भन्ने नाराका साथ पाइलट प्रोजेक्टका रुपमा कार्यक्रम सुरुवात गरेको र चाँडै नै दुबै पक्षबीचको सम्झौता गरी कार्यान्वयनमा ल्याईने तयारी भइरहेको उनले बताए ।

कार्यक्रममा जीआईजेडका प्राविधिक सल्लाहकार डा. कल्याण गौलीले व्यवासाय स्थापना गरिने तर त्यसको सन्चालन, बजार आदिको बारेमा जानकारी नहुँदा सुरू गरेको केही वर्षभित्रै बन्द गर्ने परिपाटी बढी भएको कारणले व्यवसाय छनौट गर्न सिकाउँदै सञ्चालनका तौरतरिका पनि जानकारी गराइने बताए ।

‘व्यावसाय सन्चालनका लागि स्थापना गरेको दुई वर्षभित्र अधिकांश उद्योग व्यवसाय बन्द भएको पाइएको छ । धेरैजसो व्यावसाय देखासिखी गरेर सञ्चालन गरिएको छ ।’ अध्ययनको तथ्याङ्क सार्वजनिक कार्यक्रममा डा. गौलीले भने ।

सो कार्यक्रममा जीआईजेडका दिप्ती खकुरेलले कोभिड–१९ कारण सर्वेक्षण गर्नको लागि घर–घरमा जान असंभव भएपछि फोनको माध्यामबाट एक हजार सात सय ८७ जनासँग कुरा गरी तथ्याङ्क तयार पारिएको बताइन ।

कार्यक्रममा जीआईजेडका डा। तेजहरी घिमिरे, अन्तरप्रेरणा कार्यक्रमका निर्देशक निरोज खनाल लगायतले नेपालगञ्ज उपमहानगरमा व्यवसायीक वातावरण सर्वेक्षण तथ्याङ्क विश्लेषणको विभिन्न आयामहरु प्रस्तुत गरेका थिए । यस कार्यक्रम अन्तर्गत च्याउ पकेट क्षेत्र, प्रांगारिक वा जैविक मल उत्पादन प्रवद्र्धन कार्यक्रमलगायत रहनेछन् । कार्यक्रममा उपमहनगरका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख लगायतको सहभागीता थियो ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...