back
NMB ad

प्राइम लाइफको साधारणसभा मंसिर १९ गते: लाभांश पारित गर्ने मुख्य एजेण्डा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले साधारणसभाका लागि मिति तय गरेको छ ।

कात्तिक २३ गते मंगलबार बसेको कम्पनीको संचालक समितले साधारणसभाका लागि मिति तय गरेको हो ।

कम्पनीले मंसिर १९ गते सभा गर्ने भएको छ । सभाले १५.८७ प्रतिशत लाभांश पारित गर्नेछ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब कायम गर्ने, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने, कम्पनीको सेयर लगानी अनुपात परिवर्तन गरी संस्थापकतर्फ ६० प्रतिशत तथा सर्वसाधारणतर्फ ४० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव रहेको छ ।

साथै सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले मंसिर १० गते बुक क्लोज गर्दैछ ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:३२ मा प्रकाशित

You can share this post!

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...