back
NMB ad

युनिक नेपाल लघुवित्तको नाफा २९३ प्रतिशतले बढ्यो, खराव कर्जा भने ६.३६ प्रतिशत पुग्यो

Kumari bank ad

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ३ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

विवरण अनुसार चालु आवको असोज मसान्तमा कम्पनीले ३ करोड २३ लाख ६९ हजार रुपैयाँ नाफा गरेको छ ।

जुन गत वर्षको सोही अवधिका तुलनामा २९३.७८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले ८२ लाख २० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ७ लाख ४२ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १७.४५ प्रतिशतले बढी हो ।

गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ९ करोड ६८ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ करोड ८१ लाख २३ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा झनै वृद्धि भएको छ । गत वर्षको असोज मसान्तमा ५.६२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ६.३६ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:५५ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...