काठमाडौं । माउन्टेन इनर्जी नेपाल चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनि गरेको छ ।
उक्त अवधिमा कम्पनीले नाफामा उल्लेखीय सुधार गरेको देखिएको छ ।चालु आवको असोज मसान्तमा कम्पनीले २९ करोड ३५ लाख ८ हजार रुपैयाँ नाफा गरेको छ ।
जुन गत वर्षको सोही अवधिको तुलनामा ७८५.८२ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा ३ करोड ३१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको नाफमा सुधार भएता पनि विद्युत बिक्री आम्दानी भने ऋणात्मक देखिएको छ । उक्त अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ६ करोड ९६ लाख ३० हजार रुपैयाँ नोक्सानीमा देखिएको हो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ७० करोड ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ ।
उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९१ पैसा र प्रतिसयर नेटवर्थ १३५ रुपैयाँ ७९ पैसा रहेको छ ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १३:०७ मा प्रकाशित