back
NMB ad

मेगा बैंकले गर्यो ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको छ ।

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका १, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ्ग जिल्लाको ज्वालामुखी गाउपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहा नरसिंह गाउपालिका १, सुनसरीमा प्रबिनकुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउपालिका वडा नम्बर १, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउपालिका वडा नम्बर २ सातदोबाटो, धादिङ्गमा नारायणप्रसाद सिम्खडालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवा अन्तरगत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने ब्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।

बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पु¥याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण औजारको रुपमा रही आएको छ ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १३:०६ मा प्रकाशित

You can share this post!

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...