काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो गिरावट आएको छ । आइतबार बजार १.३८ अंकले घटेको हो ।
उक्त दिन बजार परिसुचक २६८८.९३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज ४ अर्ब ९ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा, म्यूचुअल फण्ड समुह घटेका छन् भने बाँकी समूह वृद्धि भएको छ ।
उक्त दिन दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी २७ करोड ३९ लाख ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै, कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको आईसीएफसी फाइनान्सको २४ करोड २८ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार १५:२८ मा प्रकाशित