back
NMB ad

युनाइटेड इन्स्योरेन्सको नाफा १२ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले एक करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ११ दशमलव ७० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले एक करोड छ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको खुद बिमा शुल्क पनि ६२ दशमलव ९६ प्रतिशतले बढेर २१ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले लगानी तथा अन्य आयबाट एक करोड ४५ लाख रुपैयाँ र पुनर्बिमा कमिशनबापत पाँच करोड नौ लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड रुपैयाँ छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा ११ करोड ७७ लाख रुपैयाँ, बिमा कोषमा ३३ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीले ४० हजार २६८ वटा बिमा लेख जारी गरि ४४ करोड एक लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक हजार ९३ वटा दाबी बापत १२ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने तीन हजार ९५ वटा दाबी बापत ५५ करोड ९२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ४१ पैसा रहेको छ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १५:३३ मा प्रकाशित

You can share this post!

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

पर्यटन राजधानी पोखराः अनुशासन र नैतिकताको सहर   

वि.सं.२०८१ जेठ १६ बुधवार २०:३८

गण्डकी, १६ जेठ : “पोखरालाई अनुशासन र नैतिकताको सहर बनाउनुपर्छ,...

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया

वि.सं.२०८१ जेठ १६ बुधवार २०:२२

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि...

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा रेस्लिङ   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:३८

कालापत्थर (सोलुखुम्बु), १६ जेठः विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी...

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

आगामी आवको बजेट : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने लक्ष्य   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२८

रमेश लम्साल काठमाडौँ, १६ जेठ : सुधारोन्मुख अर्थतन्त्रलाई गति दिने...

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

दुई कम्पनीको १२ लाख ४१ हजार  कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ जेठ १६ बुधवार १८:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार दुई कम्पनीको बोनस...

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ १६ बुधवार १८:१३

काठमाडौँ, १६ जेठ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...