काठमाडौं । नेपाल दुरसञ्चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । मंगलबार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ११६ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार २७७.१० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १६ करोड ४३ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज १ लाख ३१ हजार ६४७ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ कात्तिक ३० मंगलवार १६:०४ मा प्रकाशित