back
NMB ad

पर्यटकीय गन्तव्य नगरकोटको सडकखण्ड आठ वर्षदेखि अलपत्र

Kumari bank ad

भक्तपुर । पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।

सडक बन्न नसक्दा स्थानीय मात्रै नभई पर्यटकसमेत सास्ती भोगेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र वर्षामा हिलो सहँदै आएका स्थानीयले सडक निर्माणका लागि सरोकारवाला निकायलाई झकझकाउन कहिले सडक बन्द त कहिले मन्त्रालयमा पत्राचार गर्दै आएका छन् । तर पछिल्लो समय सो सडकलाई राजनीतिक दृष्टिकोणबाट हेर्न थालिएको छ ।

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ नगरकोट र ७ खरिपाटीमा पर्ने सडकखण्ड निर्माणको विषयलाई पछिल्लो समय नेपाली कांग्रेसका नेता र एमाले प्रतिनिधिले एकअर्कामा आरोप-प्रत्यारोप गर्न थालेका छन् । सडक निर्माणका लागि आर्थिक वर्ष २०७०-७१ मा सम्झौता भएको थियो । लामो समयसम्म सडक नबनेपछि कमलविनायक-नगरकोट सडक निर्माण दबाब समिति नै गठन गरिएको थियो । सोही समितिमार्फत सडक निर्माण सम्पन्न गर्न दबाब दिइँदै आएको छ ।

समितिका संयोजक राजकुमार लामिछानेले विरोध गर्दा ठेकेदार कम्पनीले केही काम गरेको जस्तै गर्ने र विस्तारै निर्माण कार्य नै अलपत्र छाडेर हिँड्ने प्रवृत्ति देखिएको बताए । ुसडक निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीय मात्रै नभई पर्यटक पनि प्रभावित भएका छन् । सडकको दयनीय अवस्थाले नगरकोट जाने पर्यटकको संख्यामा समेत कमी आएको छु, उनले भने ।

सडक निर्माण चाँडै सम्पन्न गर्न प्रदेश मन्त्री कृष्णलाल भँडेलले तीव्र रूपमा काम गर्न निर्देशन दिएका छन् । तर मन्त्रालय वा विभागले केही चासो देखाएर सडकको निर्माण कार्य तीव्र गरे पनि काममा ढिलासुस्ती भएको स्थानीयको आरोप छ ।

करिब १५ किलोमिटर रहेको सडकखण्ड फराकिलो बनाउन सडक भत्काइएको थियो । सोहीअनुरूप दुई लेन अर्थात् सात मिटर हुने गरी सडकको कालोपत्रे भइरहेको छ । एक क्षेत्रको नौ किलोमिटर सडक कालोपत्रे भए पनि अझै चार किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । अबको दुई महिनाभित्र सडक निर्माण कार्य भइसक्ने दाबी निर्माण कम्पनीको छ ।

भक्तपुर-नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले एक-दुई महिनाभित्र निर्माण सम्पन्न गर्नक आवश्यक जनशक्ति, उपकरण र निर्माण सामग्री पर्याप्त हुनुपर्ने ले बताए ।

वि.सं.२०७८ मंसिर २ बिहीवार ११:२७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...