काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजी को २७ प्रतिशत बोनस कर समेत गरे ३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार ११:३४ मा प्रकाशित