काठमाडौं । मंगलबार मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १८० रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ९९० रुपैयाँ १० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार उक्त दिन कम्पनीको २६ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज १ हजार ३१० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ मंसिर ७ मंगलवार १६:०९ मा प्रकाशित