काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ ।
बुधवार सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको हो । यी दुवै कम्पनीको बिहीबारदेखि कारोबारमा आउनेगरि आईपीअो सूचीकृत भएको हो ।
जसमध्ये सामलिङ पावरको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज ९८ रुपैयाँ ७७ पैसादेखि २९५ रुपैयाँ ३१ पैसा तोकेको छ ।
यस्तै, न्यादी हाइड्रोपावर कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीलेको आईपीअो पहिलो काराबोरका लागि नेप्सेले ९४ रुपैयाँ १४ पैसादेखि २८२ रुपैयाँ ३९ पैसा ओपन रेञ्ज तोकेको छ ।
नेप्सेले पहिलो कारोबारका लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
वि.सं.२०७८ मंसिर ८ बुधवार १३:५४ मा प्रकाशित