back
NMB ad

आज तीन कम्पनीको साधारणसभा हुँदै, लाभांश पारित गर्ने मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । आज तीन कम्पनीको साधारणसभा हुँदैछ । उक्त दिन दुई लघुवित्त वित्तीय संस्थासहित तीन कम्पनीले सभा गर्न लागेका हुन् ।

शुक्रबार गुराँस लाइफ इन्स्योरेन्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सभा गर्दैछन् ।

आज बिहान ११ बजे लक्ष्मी लघुवित्तले सभा गर्दैछ । सभाले २० प्रतिशत बोनस सेयर र ७.३७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

यस्तै, आरएसडिसी लघुवित्तले पनि आज सभा गर्दैछ । सभाले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यता, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पनि ११औं वार्षिक साधारणसभा गर्दैछ । सभाले आव २०७५÷७६ को मुनाफबाट ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सोही दिन कम्पनीले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७८ मंसिर १० शुक्रवार ११:०१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...