back
NMB ad

सिभिल बैंकको ३ अर्बको ऋणपत्र आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । सिभिल बैंक आजदेखि (मंसिर २४ गते) ऋणपत्र निष्काशन गरेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा सिभिल बैंक डिबेञ्चर–२०८८ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्न लागेको हो ।

सर्वसाधारणलाई निष्कासन गरेको १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।

उक्त ऋणपत्रमा मंसिर २८ गतेसम्म(छिटोमा) र तोकिएको अवधिमा बिक्री नभएमा पुस ९ गतेसम्म(ढिलोमा) आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १०:३७ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...