काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन नजिकिएको छ । आउँदो आइतबारसम्म बैंकको लाभांश सुरक्षित गर्ने सकिनेछ ।
बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज गर्ने भएको छ । योसंगै मंसिर २६ गतेसम्म कायम सेयरधनीले सभा भाग लिन र लाभांश पाउनेछन् ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०. ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस ९ गते साधारण सभा बोलाएको छ ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १५:४१ मा प्रकाशित