back
NMB ad

पुर्वाधार विकास बैंकका सञ्चालकले साधारणसभामा भाग लिन र मतदान गर्न नपाउने

Kumari bank ad

काठमाडौ । पुर्वाधार विकास बैंकका सञ्चालक समितिले साधारणसभामा भाग लिन र मतदान गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार पुर्वाधार विकास बैंकको लागि मात्र लागु हुने गरी पुर्वाधार विकास बैंक निर्देशन २०७५ परिमार्जन गरी सञ्चालक समितिले आफू वा आफ्नो प्रतिनिधिद्धारा साधारणसभामा भाग लिन र मतदान गर्न नपाउने व्यवस्था गरेको हो ।

त्यस्तै बैंक तथा वित्तिय संस्थामा आफुले लिएको पुर्वाधार बैंकको शेयर धितो राखी ऋण लिएको भएमा त्यस्ता ऋणीले सो ऋण भुक्तान नगरेसम्म मतदान गर्न पाउने छैनन् । त्यस्तैगरी पूर्वाधार विकास बैंकले चाहेमा माथिल्लो वर्गको कर्जा सापटहरुलाई तल्लो वर्गमा वर्गीकरण गर्न सक्नेछ । उदाहरणका लागि कमसल कर्जालाई खराब कर्जामा वर्गीकरण गर्न सक्नेछ ।

पूर्वाधार निर्माण परियोजनामा प्रदान गरिएको आवधिक कर्जाको हकमा कुनै किस्ताले ९० दिनभन्दा बढीले भाखा नाघेमा त्यस्तो किस्ताको साँवा रकमलाई मात्र खराब वर्गमा वर्गीकरण गरी किस्ताको शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ व्यवस्था पनि नेपाल राष्ट्र बैंकले गरेको छ ।

त्यस्तैगरी ऋणीले पेश गरेको लिखित कार्य योजनामा उल्लिखित देहायका आधारमा पूर्वाधार विकास बैंक विश्वस्त भएमा कर्जालाई पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्नेछ व्यवस्था पनि गरिएको छ ।

 

वि.सं.२०७८ मंसिर २७ सोमवार १४:२४ मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...