काठमाडौं । साताको दोस्रो कारोबार दिन गोर्खाज फाइनान्सको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य ९.४७ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ८० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ७७१ रुपैयाँ ९० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ८२ लाख ४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ११ हजार ९०४ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ मंसिर २७ सोमवार १५:०९ मा प्रकाशित