back
NMB ad

डलर सटहीमा लचक बन्यो राष्ट्र बैंक, विदेशस्थित कार्यालय सञ्चालन खर्च पठाउन पनि सहज

Kumari bank ad

काठमाडौ । विदेश पढ्न वा स्वास्थ उपचारका लागि जानेहरुले अव सहजै अमेरिकी डलर साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन २०७६ संशोधन गर्दै शिक्षा, आप्रबास वा स्वास्थ लगायतका प्रयोजनका लागि विदेश जानेहरुले अव आफन्तको प्यानबाट पनि डलर साट्न पाउनेछन् ।

यसअघि ५ हजार डलर भन्दा बढी रकम साट्न परेमो सम्बन्धीत व्यक्तिकै प्यान कार्ड आवश्यक हुने गरेको थियो । तर अब भने पाँच हजार भन्दा माथिको डलर सहटी सुविधाको लागि पनि नाता प्रमाणित हुने कागजात सहितको निजको एकाघर परिवारको प्यान पेश गरेमा पनि रकम सटही गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

त्यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको विदेशस्थित कार्यालय सञ्चालन खर्च भुक्तानी पठाउन पनि सहज व्यवस्था गरेको छ । बैक तथा वित्तिय संस्थाको शाखा सम्पर्क÷एजेन्सी कार्यालय खोल्न राष्ट्र बैंकबाट लिएको स्वीकृति तथा सम्झौता पत्र चाहिने छ।


साथै कर्मचारीको नियुक्ति पत्र, कर भुक्तानी विवरण आदिका आधारमा बैंक तथा वित्तीय संस्थाका विदेशस्थित कार्यालयको लागि सम्झौता अनुसारको घरभाडा, कर्मचारीको तलवभत्ता, विज्ञापन, कानुनी तथा प्रशासनिक खर्चका लागि आवश्यक विदेशी मुद्रा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नै भुक्तानी गर्न पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंक वित्तीय संस्था र विप्रेषण कम्पनीले विदेशस्थित प्रिन्सिपल एजेन्ट्स सम्झौताबमोजिम कर्मचारी (स्थायी वा करारमा नियुक्त) लाई प्रतिनिधिका रुपमा राखेबापत् ती कर्मचारीसँगको सम्झौता बमोजिम निजलाई भुक्तानी गर्नु पर्ने पारिश्रमिक सुविधाबापतको रकम पठाउन पाइने छ। त्यस्तो रकम बैंकबाट भुक्तानी गर्न मिल्ने राष्ट्र बैंकले जनाएको छ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १५:०० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...