back
NMB ad

प्रचण्डको बोलीले ढल्यो मार्केट, दुई दिनमा १६७ अंकले ओरालो

Kumari bank ad

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयर बजार साम्राज्यवादको विस्तारित रुप भएको टिप्पणी गरेको भोलिपल्ट सोमबार सेयर बजार ७९.२३ अंकले ओरालो लागेको छ । आइतबार पनि बजार ८८ अंकले ओरालो लागेको थियो ।

हल्लाको पछाडी लाग्ने लगानीकर्ताहरु प्रचण्डको सो अभिव्यक्तिपछि सरकारले सेयर बजारमैत्री नीति नल्याउने आशंकाका साथ धमाधम आफूसँग भएको सेयर बेच्न थालेपछि बजार ओरालो लागेको हो । सोमबार दिनभर २३३ कम्पनीको ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनवेच भएको छ ।

विगत केहीदिनदेखि ओरालो लाग्न थालेको बजारलाई प्रचण्डको बोलीले थप मलजल गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा ४/१२ को सिमा लगाएपछि बजार ओरालो लाग्न थालेको थियो । त्यस्तै तरलता अभावका कारण व्याजदरमा भएको बृद्धिले पनि बजारलाई ओरालो गति समाउनका लागि थप मद्धत गरेको थियो ।

पछिल्लो समयमा बजारमा ४३ लाख भन्दा बढी लगानीकर्ता संलग्न रहेको छ । प्रचण्डले लगानीकर्ताहरुको भावना विरोधी बोलेका कारण बजार ओरालो लागेर २२८२ अंकमा अडिएको छ । यो विन्दू यस बर्षकै सवैभन्दा कम हो ।

सोमबार अन्य समुहगत परिसुचकहरु पनि ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । घटेको बजारमा पनि पाँच कम्पनीले कमाएका छन् । यसदिन सवैभन्दा बढी गुँरास फाइनान्स लिमिटेडले ९.४७ प्रतिशतको हाराहारीमा कमाएको छ ।

वि.सं.२०७८ मंसिर २७ सोमवार १५:२८ मा प्रकाशित

You can share this post!

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सर्‍यो   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२३

काठमाडौँ, ६ जेठ : आज बिहान ११ बजे बस्नेगरी तय...

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....