back
NMB ad

फेरि आयो थप ६ कम्पनीहरुको लाभांश, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । बुधवारसम्म आधा दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा २ माइक्रोफाइनान्स, ३ फाइनान्स र एक हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।

ती कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा बुटवल पावर कम्पनी, मल्टीपर्पस फाइनान्स, मञ्जुश्री फाइनान्स, मिथिला लघुवित्त, आँधिखोला लघुवित्त, गुडविल लघुवित्त फाइनान्स रहेका छन् ।

बुटवल पावर : बुटवल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार अर्थात मंसिर २८ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को खुद नाफा तथा संचित चुक्ता पुँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

उक्त लाभांश कम्पनीको आगामी २९औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

मल्टीपर्पस फाइनान्स : मल्टीपर्पस फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिले १३.५२६ लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ सम्मको नाफा र सेयर प्रिमियम समेतबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

मञ्जुश्री फाइनान्स : मञ्जुश्री फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र कर सहित ६ प्रतिशत नगद लाभांश दिने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गनेपश्चात वितरण हुनेछ ।

मिथिला लघुवित्त : मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत मंसिर २४ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित भएपश्चात वितरण हुनेछ ।

आँधिखोला लघुवित्त : आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश घोषण गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

गुडविल फाइनान्स : गुडविल फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश घोषण गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले सेयधरनीहरुलाई ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।

वि.सं.२०७८ मंसिर २९ बुधवार १८:०४ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...