back
NMB ad

प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने अर्थमन्त्रीको योजना असफल

Kumari bank ad

काठमाडौं । प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने भनी आफैले सार्वजनिक गरेको योजनामा अर्थमन्त्री जनादर्न शर्मा असफल देखिएका छन् ।

अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन बजेट पेस गरेलगत्तै प्रत्येक महिना १० प्रतिशत खर्च गर्दै शतप्रतिशत विकास खर्च गर्ने योजना सार्वजनिक गरेका थिए । सोहीअनुसार अर्थ मन्त्रालयले २२ असोजमा ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड २०७८’ पनि लागू गर्‍यो ।

मापदण्डमा प्रथम त्रैमासिक अवधिभित्र न्यूनतम १० प्रतिशत र त्यसपछि त्रैमासिक विनियोजनभन्दा कम नहुने गरी प्रत्येक महिना न्यूनतम १० प्रतिशतका दरले असार मसान्तभित्र शतप्रतिशत नतिजा हासिल गर्ने उल्लेख गरिएको छ ।

मापदण्डअनुसार अहिलेसम्म सरकारले ३० प्रतिशत विकास बजेट खर्च गरिसक्नुपर्ने हो । तर मंसिरसम्ममा कुल विकास बजेटको ६ दशमलव ४६ प्रतिशत अर्थात् २८ अर्ब ४० करोड ३५ लाख रुपैयाँ मात्र खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसैगरी चालू खर्चतर्फ भनेर सरकारले लक्ष्यको ३१ दशमलव ६१ अर्थात् तीन खर्ब १७ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २१ दशमलव ८ प्रतिशत अर्थात् ४१ अर्ब रपैयाँ खर्च भएको छ । सरकारले समयमै विकास बजेट खर्च गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव छ ।

पुँजीगत खर्च बढाउन अर्थमन्त्री आफै सक्रिय भए पनि खर्चको रफ्तार भने बढ्न सकेको छैन । मंसिरसम्ममा सरकारले लक्ष्यको ३५ प्रतिशत अर्थात् चार खर्ब १२ अर्ब राजश्व संकलन गरेको छ ।

वि.सं.२०७८ पुस २ शुक्रवार ११:१९ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...