काठमाडौं । हिमालयन डिस्टीलरीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यतिबेला कम्पनीको सेयर मूल्य ९.६८ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५४९ रुपैयाँले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ६ हजार २१९ रुपैयाँ कायम भएको छ ।
यस्तै, यतिबेला कृषि विकास बैंकको सेयर मूल्य पनि उच्च दर अर्थात ६.१२ प्रतिशतले वृद्धि भएको छ ।
बैंकको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य ४६८ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ पुस ५ सोमवार १४:०४ मा प्रकाशित