काठमाडौं । साताको पहिलो कारोबार दिन जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य वृद्धि भएको छ ।
उक्त दिन कम्पनीको सेयर मूल्य २.२८ प्रतिशतले वृद्धि भएको हो । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६ रुपैयाँ ९० पैसाले वृद्धि भई ३ हजार ८९७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्चसेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १ करोड ६५ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ४ हजार ३३० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ पुस ५ सोमवार १५:२७ मा प्रकाशित